नियम २३क
चालक अनुमतिपत्रको निलम्बन
देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(घ) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा,
(ङ) सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा,
(च) सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा,
(छ) चालकले मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरी सवारी चलाएमा ।